बोझेनी घटनामा पक्राउ परेकालाई बिनाशर्त रिहा गर्न राप्रपाको माग – Nepal Press

बोझेनी घटनामा पक्राउ परेकालाई बिनाशर्त रिहा गर्न राप्रपाको माग

काठमाडौं । राप्रपाले काठमाडौंको शंखरापुर नगरपालिका वडा नं ३ स्थित लप्सिफेदीको बोझेनीमा निर्माण हुन लागेको विद्युत सवस्टेशन क्षेत्रका प्रभावित स्थानीयको प्रदर्शनका क्रममा केहीलाई पक्राउ र प्रशासनिक धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता मोहन कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै स्थानीयको मागलाई आपसी संवाद, छलफल र सहमतिका आधारमा सम्बोधन गरिनुपर्नेमा उत्तेजित तुल्याउने, दमन र धरपकड गरिनु अनुचित रहेको उल्लेख छ ।

बोझेनी प्रदर्शनका क्रममा पक्राऊ परेका १६ जना स्थानीयबासीलाई अविलम्ब र बिना शर्त रिहा गर्न, घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र वार्ताद्वारा समस्याको समाधान गर्न राप्रपाले सरकारसमक्ष माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर