अमेरिकाद्वारा नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोगको घोषणा
नेपाल प्रेस
२०७८ वैशाख ३० गते १४:४६
काठमाडौं । संयुक्त राज्य अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग घोषणा गरेको छ ।
अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।
सन् २०२० को अप्रिलयता कमान्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामाग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।
यो सँगै नेपालमा युएसएड समेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।
प्रतिक्रिया