कांग्रेस संसदीय दलको बैठक बस्दै

२०८१ माघ १३ गते ९:४८

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजेदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गर्ने छ ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर