कांग्रेस संसदीय दलको बैठक जारी, सदनमा दरिलो उपस्थितिको रणनीति बनाइने


काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बैठक केही अबेर गरी सुरु भएको हो ।
बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल भइरहेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।साथै, सदनमा दरिलो उपस्थितिको रणनीति बनाइने उनले बताए ।
घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरू र सरकारले ल्याएका अध्यादेशमाथि छलफल गरि टुंगोमा पुगिनेछ ।
आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनमा सम्बोधन गर्ने भएका छन् ।