ट्रम्प प्रशासनले ‘युएसएड’का कर्मचारीलाई दियो प्रशासनिक बिदा, यस्तो छ थप चेतावनी


काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास सहायता परियोजना एजेन्सी युएसएआइडीका ६० जना भन्दा बढी वरिष्ठ अधिकारीहरूलाई प्रशासनिक बिदा बस्न निर्देशन दिएको छ ।
सो परियोजनाका संसारभरका सबै कार्यक्रम स्थगन गरेको ट्रम्प प्रशासनले वरिष्ठ अधिकारीहरूलाई तलबी बिदामा राखेको हो ।
ट्रम्पको ‘अमेरिकन पहिले’ नीति अनुसार संसारका विभिन्न देशमा युएसएआइडीमार्फत दिइरहेको अनुदान कार्यक्रम रोक्ने निर्णय भएको छ ।
यो निर्देशन अवज्ञा गर्ने कुनै पनि कर्मचारीमाथि अनुशासनको कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएएआइडीका कर्मचारीलाई दिइएको आन्तरिक मेमो अनुसार उनीहरूलाई सोमवार साँझदेखि नै प्रशासनिक बिदामा बस्न भनिएको छ ।
अर्को सूचना नआएसम्म ती अधिकारीहरूलाई पूरा तलब लिएर प्रशासनिक विवादमा बस्न भनिएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकारी निर्देशनविपरीत गतिविधि गर्नेहरूको निगरानी समेत राखिएको छ ।
विश्वको सबैभन्दा ठूलो एकल दाताको रूपमा रहेको यूएसएडले सन २०२३ मा मात्र ७२ अब अमेरिकी डलर सहयोग गरेको थियो भने सन २०२४ को ४२ प्रतिशत मानवीय सहयोग दिएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
रोयटर्ससँग कुरा गरेका अधिकारीले ट्रम्पले उत्तर कोरिया, चीन र रुससँग नगरेर कर्मचारीसँग युद्ध गरेको गुनासो गरेका छन् ।