अध्यादेशबारे कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- ३५ वर्ष नदेख्नेले अहिले ६ दिन विकास ढिलो हुने देख्नुभयो ? (भिडिओ)

२०८१ माघ २४ गते १४:५२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार नै संसद छलेर हिँड्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै संसद बोलाउनुभन्दा ६ दिनअघि किन ल्याइयो ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक, एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ । ३५ वर्ष शासन गरेपछि देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभएको हो ? ३५ वर्षसम्म त त्यो आवश्यकता देख्नुभएन । अहिले ६ दिनअघि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नुभएको हो ?’
उनले सरकारले ल्याएको अध्यादेशको नियतमै सही नभएको बताए ।
प्रतिक्रिया
2 thoughts on “अध्यादेशबारे कांग्रेस र एमालेलाई प्रचण्डको प्रश्न- ३५ वर्ष नदेख्नेले अहिले ६ दिन विकास ढिलो हुने देख्नुभयो ? (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
१८ महिनामा दिल्लीको भाडाको टट्टुले खर्लप्पै बनाएको देश बचाउन अध्यादेश आवश्यक थियो ।
आफुहरुले अर्काे पार्टी फुटाउन ल्याएकाे अध्यादेशकाे पनि कुरा गर्नु नि । जनता लाटा छैनन् है ।