किसानलाई बँदेल र बाँदर मार्ने लाइसेन्स दिनुपर्ने सांसद बजगाईंको माग (भिडिओ)


काठमाडौं । किसानमाथि वन्यजन्तु आतंकविरुद्ध लगातार संसदमा आवाज उठाउँदै आएका नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले किसानलाई बँदले मार्ने लाइसेन्स दिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभाको आइतवारको बैठकमा शून्य समयमा बोल्दै सांसद बजगाईंले बाँदर र बदेलले किसानको बालीनाली नष्ट गरेका कारण मार्न लाइसलेन्सको व्यवस्था गरिनुपर्ने बताए ।
सांसद बजगाईंले पछिल्लो समय आलागीका घटना बढ्नुमा पनि मानव वन्यजन्तु द्वन्द्वले विपत्ति निम्त्याएको बताए ।
बजगाईंले भने–‘मानव–वन्यजन्तु द्वन्द्वको प्रतिशोधमा समेत जंगलमा आगो लगाउने कार्यले विपत्ति निम्त्याएको छ, । बाँदर र बँदेलले बाली खाइदिँदा किसान चिन्तित छन् तर उनीहरुले त्यसको समाधान पाएका छैनन् ।’
यस्तो समस्या समाधान गर्न राज्यले स्पष्ट नीति ल्याउन आवश्यक रहेको भन्दै बँदेल र बाँदर मार्न किसानलाई लाइसेन्स दिनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताए ।