गुरु घिमिरेलाई मन्त्री पौडेलको जवाफ- आलोचनात्मक कोण छाड्नुस् (भिडिओ)


काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीका नेता गुरुराज घिमिरेलाई प्रतिस्पर्धी परम्परागत शैलीमा मात्रै सीमित नभएको जवाफ दिएका छन् ।
‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै नेता घिमिरेले प्रतिस्पर्धी दल एमालेसँगको सहकार्यले कांग्रेसलाई कहाँ पुर्याउला ? भन्दै प्रश्न गरेका थिए ।
त्यसको जवाफमा मन्त्री पौडेलले भने, ‘अघि गुरु घिमिरेजीले भन्नुभयो हामी प्रतिस्पर्धीसँगै हामी सत्तामा बसेको स्थिति छ । सत्तालाई विशेष महत्व दिएर हामी गएका हौं । जनताको पक्षमा काम गरेर देखाउन सत्तालाई महत्व दिएका छौं । निर्वाचन प्रतिस्पर्धात्मक हुन्छ नै तर आज नेपालको राजनीतिमा प्रतिस्पर्धी शक्तिहरू परम्परागत संख्यामा सीमित छैनन् । बढेको स्थिति छ । विभिन्न कोण प्रश्न उठाउने बढेर गएका छन् । त्यसैले आलोचनात्मक कोणबाट होइन हामी अझै परिस्कृत हन जरुरी छ । सचेत भएर अघि बढ्न जरुरी छ । त्यसैले हामीले सबै तहको सरकारलाई जनताकेन्द्रित बनाउनुपर्छ ।’
उनले अहिले आफू प्रश्न गर्ने ठाउँमा भन्दा पनि सरकारमा गएर भएका उपलब्धिहरू बनाउने कोसिसमा रहेको बताए ।