सभामुखले सांसदको नाम उच्चारण बिगारेपछि… – Nepal Press

सभामुखले सांसदको नाम उच्चारण बिगारेपछि…

काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सभामुख देवराज घिमिरेलाई सदनमा सांसदहरूको उच्चारण गर्दा ध्यान दिन आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको शुन्य समयमा बोल्ने क्रममा सांसद कार्कीलाई सभामुख घिमिरेले ज्ञानबहादुर कार्की भनेर सम्बोधन गरेपछि यस्तो आग्रह गरेका हुन् ।

सभामुखले ज्ञानबहादुर कार्की भनेलगत्तै ज्ञानेन्द्रबहादुर कार्की भनेका थिए ।

उठेर बोल्न सुरू गर्नुअघि कार्कीले भने, ‘नाम उच्चारण गर्दा ध्यान दिनको लागि आग्रह गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर