नेप्सेमा झिनो अंकको सुधार, ८ अर्ब ७१ करोडको कारोबार – Nepal Press

नेप्सेमा झिनो अंकको सुधार, ८ अर्ब ७१ करोडको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार झिनो अंकको सुधार भएको छ ।  आज नेप्से १.८६ अंकले बढेर २ हजार ६ सय ८५ दशमलब ७३ विन्दुमा बन्द भएको हो ।

नेप्सेका अनुसार आज ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १३४ कम्पनीको शेयरमूल्य बढ्दा ९९ को घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आजको कारोबारमा दुई कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा उपकार लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।

एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड ६० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर