प्रहरी विधेयकका लागि अनुमति लिएका गृहमन्त्रीले नागरिकता विधेयक पेश गरेपछि… – Nepal Press

प्रहरी विधेयकका लागि अनुमति लिएका गृहमन्त्रीले नागरिकता विधेयक पेश गरेपछि…

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा सभामुखले पेश गर्न अनुमति दिएकोभन्दा फरक विधेयक पेश गरेका छन् ।

सभामुख देवराज घिमिरेले नेपाल प्रहरी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिएकोमा गृहमन्त्री लेखकले नेपाल नागरिकता दोस्रो संशोधन विधेयक २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

गृहमन्त्री लेखकले नागरिकता संशोधनसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे पनि सभामुख घिमिरेले भने गृहमन्त्रीले पेश गरेको विषयमा खासै ध्यान दिएनन् । गृहमन्त्रीले नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरे पनि फेरि सभामुख घिमिरेले भने प्रहरीसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल अघि बढाएका थिए ।

गृहमन्त्री लेखकले सभामुखले एउटा विधेयक भनेकोमा अर्को विधेयक पेश गरेपछि सांसदहरुले केही सयम एकापसमा खासखुस गरे पनि सभामुखले भने थाहा नै पाएनन् । उनले सैद्धान्तिक छलफल अघि बढाएका थिए, तर नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सभामुख घिमिरेले एउटा विधेयक पेश गर्न गृहमन्त्री लेखकलाई अनुमति दिएको भए पनि अर्कै विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गरेको जानकारी गराएका थिए ।

त्यसपछि सभामुख घिमिरेले प्रहरी विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव मानेर प्रहरी विधेयकमाथि नै छलफल गराइने जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर