कांग्रेस सांसद बजगाईँको घोषणा- सामाजिक सञ्जाल विधेयक कांग्रेसले पास हुन दिन्न, म विपक्षमा उभिन्छु (भिडिओ) – Nepal Press

कांग्रेस सांसद बजगाईँको घोषणा- सामाजिक सञ्जाल विधेयक कांग्रेसले पास हुन दिन्न, म विपक्षमा उभिन्छु (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सामाजिक सञ्जाल सञ्चालन तथा नियमन सम्बन्धी विधेयक कांग्रेसले संसदबाट पारित हुन नदिने बताएका छन् ।

नेपाल प्रेस युनियनका जिल्ला शाखा अध्यक्षहरूको भेलालाई मङ्गलवार सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बजगाईँले कांग्रेस सम्मिलित सरकारले ल्याएको विधेयकको विपक्षमा आफू संसदमा खडा हुने प्रष्ट पारे ।

सांसद बजगाईँले भने- हाम्रो पार्टीका शीर्ष नेताहरू समेत रहेको उच्चस्तरीय संयन्त्रले सहमति जनाएर विधेयक ल्याएको भनिएको छ । तर त्यसमा रहनुभएका महामन्त्री गगन थापाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक पारित हुँदैन भन्नुभएको छ । कुन कुन अध्यादेश निर्माणमा उहाँको सहमति हो,कुनमा होइन ? प्रष्ट हुनुपर्छ । अर्का महामन्त्री विश्व प्रकाश शर्माले यो विधेयक पास हुँदैन भन्नुभएको छ। नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले मेरो र मेरो अग्रजलाई सोधेर म अघि बढ्छु । प्रेस स्वतन्त्रको पक्षमा उभिएको पार्टी भएकाले प्रेसमा अंकुश लगाउने विधेयकको विपक्षमा म उभिनेछु । मलाई आशा छ मेरो पार्टीले पनि त्यो पास गर्नेछैन ।

शेखर कोइराला, एनपी साउदलगायतका नेताहरू उपस्थित कार्यक्रममा सांसद बजगाईँले यो विधेयकबारे दुबिधा छन् भने नेताहरूले प्रष्ट पार्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर