सरकारलाई चन्द्र भण्डारीको प्रश्न- ओडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? – Nepal Press

सरकारलाई चन्द्र भण्डारीको प्रश्न- ओडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले भारतको ओडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपछि देखिएको तनावमा सरकारको उपस्थिति नभएकोप्रति प्रश्न उठाएका छन् ।

लम्सालको मृत्युपछि कलेजले नेपाली विद्यार्थीलाई दुर्व्यवहार गरेको थियो । उनले सरकारलाई नेपाली विद्यार्थीलाई चार वटा जहाज लिएर फिर्ता ल्याउन कसले रोकेको छ भन्दै प्रश्न गरे ।

सांसद भण्डारीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार, चार वटा जहाज लिएर उडिसाबाट विद्यार्थी लिएर आउन कसले रोकेको छ ? तब विश्वविद्यालयसँग कुरा हुन्छ । तिमी छौ भन्ने परिचय देऊ न सरकार ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर