०८४ को चुनावका लागि कांग्रेसलाई सशक्त बनाउनुपर्छ : शशांक कोइराला (भिडिओ)

२०८१ फागुन ७ गते १४:०९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले ०८४ हुने निर्वाचनको लागि पार्टीलाई सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
नेपाल प्रजातन्त्र सेनानी संघ दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै चुनावलाई मध्यनजर गरेर संगठन निर्माणमा लाग्न आग्रह गरे।
उनले भने, ‘पार्टीलाई सशक्त बनाउन संगठनको महत्वपूर्ण भूमिका हुन्छ। ०८४ मा चुनाव हुँदैछ, त्यसलाई मध्यनजर गरेर संगठनलाई चुस्तदुरुस्त बनाएर पार्टीलाई अगाडि बढाउन सहयोग गर्नुहुन्छ भन्ने विश्वास राखेको छु।’
उनले विपी कोइरालाले स्थापित गरेको कांग्रेसलाई भविष्यका कर्णधारहरुले जिम्मेवारीलाई पूरा गर्ने विश्वास राखे।
प्रतिक्रिया