शीर्ष तहमा भेटवार्ता नहुने भएपछि देउवाको भारत भ्रमण अचानक स्थगित – Nepal Press

शीर्ष तहमा भेटवार्ता नहुने भएपछि देउवाको भारत भ्रमण अचानक स्थगित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने कार्यक्रम स्थगित भएको छ । आज भारत जाने तय भएपनि अन्तिम समयमा उनको भ्रमण स्थगित भएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पुष्टि गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका देउवा कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’ मा सहभागी हुन जान लागेका थिए ।

दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा. एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेट गर्ने समय नपाएपछि उनको भ्रमण रद्द भएको स्रोतले बतायो ।


प्रतिक्रिया

One thought on “शीर्ष तहमा भेटवार्ता नहुने भएपछि देउवाको भारत भ्रमण अचानक स्थगित

  1. लूते, नोकर न हो, मालिकको फुर्षद र फुरसदी समयमात्रै नोकरले समय पाउछ भन्ने कुरो बिर्सेछा यो र्याले ले|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर