पूर्वराजालाई कांग्रेस सांसद न्यौपानेको सुझाव- सत्तामा फर्किन मन भए चुनाव उठ्नुस् (भिडिओ)


काठमाडौं । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै न्यौपानेले मुलुकको व्यवस्थाप्रति पूर्वराजा शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सत्तामा फर्किने इच्छा भए २०८४ को चुनावमा भाग लिन सुझाव दिएकी हुन् ।
उनले नेपालमा लोकतान्त्रिक गणतन्त्रको कसैको कृपाले नभई जनताको शक्तिले आएको भन्दै यसमाथिको प्रहार सह्य नहुने जिकिर गरिन् ।
मुलुकमा लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै भएकाले कुनै पनि बहानामा गणतन्त्रमाथिको प्रहार स्वीकार्य नभएको उनको भनाइ छ ।
उनले संसद जनताको आवाजको थलो भन्दा पनि आरोप–प्रत्यारोपको थलो बन्दै गएकाले लोकतान्त्रिक गणतन्त्रका लागि लडेकाहरू सचेत हुन जरुरी रहेको बताइन् ।
राजाले चुनाव लड्दैनन। विश्वमा कहि पनि र कहिले पनि राजाले चुनाव लडेको इतिहास छैन। राजाले चुनाव लडेर प्रधानमन्त्रि बन्ने पनि हैन ! राजा राजा नै हुन नेता हैनन्। तिमीहरुले चिच्याउँदैमा न राजाले चुनाव लड्ने नै हुन्। यसो इतिहास पनि पढ्ने गर ज्ञानको दायरा अलि फराकिलो बनाउ। चुनाव त तिमीहरु जस्तो नेताहरुको लागि हो तिमीहरु नै लड। यति कुरा त बुझ न हौ !!
ठीक