‘नो केबलकार’ समूहलाई वार्तामा आउन गृहमन्त्रीले सदनबाट गरे आव्हान (भिडिओ) – Nepal Press

‘नो केबलकार’ समूहलाई वार्तामा आउन गृहमन्त्रीले सदनबाट गरे आव्हान (भिडिओ)

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा उत्रिएकालाई वार्तामा आउन आह्वान गरेका छन् ।

आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले ‘नो केबलकार’ समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् । केबलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको उनले बताए । गृहमन्त्री लेखकले जनतालाई अनुभूत हुने गरी देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको बताएका छन् ।

सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाउँदै गृहमन्त्री लखेकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने बताए ।

विभिन्न विधेयक सदनमा पुगेको भन्दै अन्य नीतिगत र कानूनी सुधार गर्ने विषयमा छलफल भइरहेको जानकारी दिएका । भूकम्पपछिको पुन:स्थापनापछि र पुननिर्माणको कामले लय समातेको लेखकले बताए ।

सीमित स्रोत र साधनकाबीच अपेक्षित रूपमा काम हुन नसकेपनि सबैको साथ र सहयोगबाट उपलब्ध स्रोत र साधनको परिचालन गर्दै संवेदनशील ढंगले काम गरिरहेको गृहमन्त्रीको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर