चितवनमा स्ववियु निर्वाचन : १३ क्याम्पसमा उम्मेदवारी दर्ता ४ मा स्थगित – Nepal Press

चितवनमा स्ववियु निर्वाचन : १३ क्याम्पसमा उम्मेदवारी दर्ता ४ मा स्थगित

चितवन । चितवनमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने १७ वटा क्याम्पसमध्ये १३ क्याम्पसमा विभिन्न विद्यार्थी संगठनको उम्मेदवारी दर्ता गराएका छन् । भने कुनै पनि क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुन सकेको छैन ।

आज उम्मेदवारी दर्ता गराउने अन्तिम दिनमा भरतपुरमा रहेको सप्तगण्डकी बहुमुखी क्याम्पस, बालकुमारी बहुमुखी क्याम्पस, माडीको माडी क्याम्पस र इच्छाकामनाको एउटा क्याम्पसमा निर्वाचन रोकिएको छ भने बाँकी क्याम्पसमा उम्मेदवारी दर्ता भएको हो ।

बालकुमारी क्याम्पसमा संगठन दर्ता नेपाल विद्यार्थी संघ र अनेरावियू मध्ये कुनको पहिला भएको हो भन्ने विषयमा विवाद हुँदा उम्मेदवारी दर्ता स्थगित भएको छ । सप्तगण्डकी बहुमुखी क्याम्पसमा आज ३ बजेपछि क्याम्पस प्रशासनले एक जना विद्यार्थी भर्ना गरेपछि विवाद भएर स्थगित भएको छ ।

माडी क्याम्पसमा वडा अध्यक्ष डण्डपाणी पौडेलले नै ५० जना विद्यार्थीको नाम नै तोकेर भर्ना गरिदिन माडी क्याम्पसलाई निर्देशन दिएपछि उम्मेदवारी दर्ता स्थगित भएको छ ।

इच्छाकामनाको सर्वशान्ति क्याम्पसमा भने सर्वसम्मत नेतृत्व चयन गर्ने पहल गरिएकोले भोलि बिहानसम्मलाई उम्मेदवारी दर्ता रोकिएको जनाइएको छ । भने, अन्य १३ क्याम्पसमा भने उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर