पीके पनि तालाबन्दी, निर्वाचन अनिश्चित ! – Nepal Press

पीके पनि तालाबन्दी, निर्वाचन अनिश्चित !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

काठमाडौं उपत्यकाका अधिकांश ठुला क्याम्पसहरूमा निर्वाचन प्रक्रिया नै सुरु हुन सकेको छैन।

बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।

निर्वाचन अधिकृत नहुँदा समेत निर्वाचन प्रक्रिया अगाडि बढाइएकाले निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियु नेतृ शोभा सापकोटाले बताइन् ।

‘निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमतिबिना नै मनोनयन पत्र बाँडेको छ । यस्तो गलत हर्कतको विरुद्ध तालाबन्दी गरिएको हो । बिदाको दिन नोमिनेसन राखेर जवर्जस्त एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएको हुँदा तालाबन्दी गरेका हौँ। हाम्रो माग पूरा नभएसम्म ताला खोल्दैनौँ,’ सापकोटाले भनिन् ।

यसैबीच गएराती होस्टेलको विद्यार्थीहरूलाई अपहरण शैलीमा बेपत्ता पारिएको आरोप पनि लगाइएको छ । अहिलेसम्म पनि विद्यार्थीहरूको अवस्था अज्ञात नै रहेको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *