इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधामन्त्रीले हिन्दूलाई दिए होलीको शुभकामना – Nepal Press

इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधामन्त्रीले हिन्दूलाई दिए होलीको शुभकामना

काठमाडौं । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यसअघिका प्रधानमन्त्रीहरुभन्दा फरक देखिँदै हिन्दू धर्मावलम्बीको पर्व ‘होली’का अवसरमा शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै रङको यो पर्व वसन्तको आगमन र प्रेमको प्रतीक रहेको उल्लेख गरेका छन् । यसअघि पाकिस्तामा हिन्दूहरुको पर्वमा यसरी शुभकामना दिने प्रचलन विरलै थियो ।

प्रधानमन्त्री सरिफले पाकिस्तानमा रहेका हिन्दू धर्मावलम्बीलाई विशेष शुभकामना व्यक्त गर्दै यो पर्वले तपाईंहरूको जीवनलाई खुसी, स्वास्थ्य, सफलता र समृद्धिले भरोस् भन्ने कामना गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर