सईले बालिकामाथि बलात्कार प्रयास गरेकाे आरोपमा स्थानीयले घेरे प्रहरी कार्यालय (भिडिओ)

२०८१ चैत १ गते १४:२३

जनकपुरधाम । महोत्तरीको लोहारपट्टी नगरपालिका-४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टका एक प्रहरीमाथि बालिका बलात्कारको प्रयास गरेको आरोप लागेको छ ।
सशस्त्र प्रहरी नायब निरीक्षक (सई) धर्मेन्द्र सिंहले १० वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले प्रहरी पोस्ट घेराउ गरेका छन् ।
स्थानीयले पोस्ट घेराउ गरेपछि आरोपी सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीयको विरोध प्रदर्शनको कारण त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।
स्थानीयले सशस्त्र पोस्टमा तोडफोडको प्रयाससमेत गरेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर