नर्थक्यारोलिनाका नेपाली रियल्टर बस्नेत सम्मानीत – Nepal Press

नर्थक्यारोलिनाका नेपाली रियल्टर बस्नेत सम्मानीत

नर्थक्यारोलिना (अमेरिका) । रियल्टर जितमान बस्नेतलाई अमेरीकी रियल स्टेट कम्पनी युनाइटेड रियल इस्टेटले इलाइट अवार्डबाट सम्मान गरेको छ । यो पुरस्कार पाउने उनी सम्भवत पहिलो नेपाली हुन् ।

बस्नेत अमेरिका भरिकै २५ हजार रियल्टरहरु मध्येबाट छनौटमा परेका हुन । युनाइटेड रियल स्टेटले टेक्सासको डयालसमा शनिबार आयोजित ५ सय भन्दा बढि रियल्टर उपस्थित सम्मेलनमा उनलाइ सम्मान गरेको हो ।

‘निरन्तर मेहनत, क्लाइन्टको बिश्वास्, साथीभाई, इष्टमित्रहरुको साथ सहयोगकै कारण म यहाँ पुगेको हु । यो अवार्ड उहाँहरुप्रति सर्मपित छ’, सम्मान लिएपछि उनले भने ।

नेपालमा पत्रकार हुदै मानव अधिकारवादी वकिलको रुपमा करिब डेढ दशक पिडितहरुको पक्षमा वकालत गदै आएका जितमान अमेरिकामा पुर्णकालिन रियल्टरको रुपमा कार्य गदै आएका छन ।

‘जितमान सहयोगि छन्, मिलन्सार छन अनि समाजिक सेवामा अग्रसर रहदै आएका छन्’, नर्थ क्यारोलिनाको फुके भरिना बस्ने ङिमा पाख्रिनले भने ।

जितमानले बिगत ३ बर्ष देखि उत्कृष्ट रियल्टरकोे अवार्ड पाउदै आएका छन् । तर इलाइट तहमा भने यो बर्ष पुगेका हुन् । साथै उनले मिलिनियम क्लब अवार्ड र टप एजेन्ट सेल्स भोलुम गरि तीन अवार्डहरु प्राप्त गरेका छन् ।

इलाइट अवार्ड प्राप्त गर्ने जितमान नर्थ क्यारोलिना राज्यकै पहिलो हुन । उनी नर्थक्यारोलिनाको रालेस्थित युनाइटेड ट्रयाङगल कम्पनीसङ्ग आवद्द छन ।

सन् २०१९ देखि रियल्टरको रुपमा कार्यरत उनी फुर्सदको समयमा सामाजिक सेवामा क्रियासिल रहन्छन् । प्रवासमा नेपाली भाषा, सस्कृतिको जर्गेनामा लाग्दै आएका बस्नेतलाई यसै वर्ष हिमालयन कम्युनिटि नर्थक्यारोलिनाले पनि सम्मान गरेका छ ।

उनो विगत ३ वर्षदेखि नेपालमा मेची महाकाली सेतो छडी अभियानमा जुटदै आएका छन् । दृष्टि गुमाएका र कान नसुन्नेहरुलाइ सहयोग गर्ने उद्देश्यअनुसार नर्थ क्यारोलिना निवासि कर्मा शेर्पा गोले सङ्ग मिलेर यो अभियान सुरु गरेका हुन् ।

कसरी सुरु भयो सेतो छडी अभियान ?

नर्थक्यारोलिना निवासी कर्मा शेर्पा गोलेले आफनो नियमित काम सकेर फुर्सदमा कपाल नेपालीहरुको कपाल काट्छन् । कर्माले जम्मा गरेको टिप्समाथि जितमान बस्नेतले आफनो कमाइको हिस्सा जोडेर विगत ३ वर्षदेखि नेपालमा दृष्टिविहिनहरुको सहयोगको लागि मेची महाकाली सेतो छडी अभियान सुरु गर्दै आएका छन् ।

त्यस अभियानको लागी उनीहरुले नेपालमा क्रियाशील दृष्टिविहीनहरुको सस्था बाइट स्टाार सोसाइटीसंग हातेमालो गदै आएका छन् । उनीहरुका यो सामाजिक सेवाका भावनालाई धेरै सहयोगी मनहरु जोडिँदै आएका छन् ।

कर्माले आफ्नो स्वोर्गिय आमाको नाममा समेत सक्रिय रुपमा द्रिस्टि बिहिनको लागि अन्य मानवीय सहयोग गर्ने गरेका छन् । मेची माहाकालि सेतो छडि अभियान मार्फत अहिलेसम्म हजारौं सेतो छडी वितरण भ​एको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर