७ विद्यार्थी संगठनद्वारा त्रिचन्द्र क्याम्पसको निर्वाचन अधिकृतको राजीनामा माग


काठमाडौं । त्रिचन्द्र क्याम्पसमा समन्वय विना नै स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै विभिन्न ७ विद्यार्थी संगठनले निर्वाचन अधिकृतको राजीनामा माग गरेको छ ।
अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियू,अनेरास्ववियू क्रान्तिकारी बहुमत,अनेरास्ववियू समाजवादी,अनेरास्ववियु छैठौं र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ लगायतका ७ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ती जारी गर्दै विवादास्पद निर्वाचन अधिकृतले तुरुन्तै राजीनामा गरी निष्पक्ष निर्वाचन समितिका लागि मार्ग प्रशस्त गर्न माग गरेको हो ।
क्याम्पस प्रशासनले १२ सय फर्जीकार्ड प्रकाशन गरेर निर्वाचनलाई प्रभावित बनाएर अमुख संगठनलाई जिताउन लागि परेको उनीहरुको माग छ ।
क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नदिने भन्दै उनीहरुले चेतावनी दिएको छ । नेविसंघको असन्तुष्ट पक्षले पनि विरोध जनाएको छ।
तत्काल फर्जी कार्डको अनुसन्धान गरेर निक्र्यौल गरेर मात्रै निर्वाचन प्रकिया अघि बढाउन तथा सर्वदलीय बैठक बोलाएर सहमति गराएर मात्रै निर्वाचन मिति तोक्न माग गरेका छन् ।