प्रतिपक्षी दलहरुको बैठक जारी

२०८१ चैत १३ गते ९:१८

काठमाडौं । प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बैठक जारी छ ।
संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक भनिएपनि कुन कुन एजेण्डामा छलफल भइरहेको छ भन्ने खुलाइएको छैन ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल लगायतका नेताहरु सहभागी छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर