भाटभटेनीका सुरक्षा गार्डले गौरवसाथ सुनाए : २२ वर्ष जागिर खाएर सन्तान पढाएँ, घर-गाडी जोडेँ (भिडिओ) – Nepal Press

भाटभटेनीका सुरक्षा गार्डले गौरवसाथ सुनाए : २२ वर्ष जागिर खाएर सन्तान पढाएँ, घर-गाडी जोडेँ (भिडिओ)

काठमाडौं । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भयो । घटनामा ७० लाखभन्दा बढीको क्षति भएको भाटभटेनीका मालिक मीनबहादुर गुरुङले बताएका छन् ।

लुटपाटका क्रममा भाटभटेनीका सुरक्षा गार्ड दुलप्रसाद पराजुलीले एक्लै प्रतिकार गरेका थिए । उनले लुटेराहरूलाई पिट्दै लखेटेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । उनको योगदानका लागि आज भाटभटेनीले ५ लाख १ हजार १११ रुपैयाँ, एउटा फुली र पाँच ग्रेड बढुवासहित सम्मान गर्‍यो ।

सम्मानपछि पराजुलीलाई केही बोल्न आग्रह गरियो । सम्भवतः पहिलोपल्ट यसरी माइकमा सम्बोधन गरेका पराजुलीले केही लजाउँदै आफ्नो भनाइ राखे । उनले २२ वर्षदेखि भाटभटेनीमा जागिर खाएको र घर–गाडी जोडेको सुनाउँदा कार्यक्रमका सहभागीले हौसलामा ताली बजाएका थिए । बुझिए अनुसार पराजुलीका छोरा आइटी इन्जिनियर हुन् ।

पराजुलीको भनाइ:

मैले जागिर खाएको २०५८ सालदेखि हो । यही जागिर खाएर जग्गा किनेँ, घर बनाएँ, त्यसपछि छोरा पढाएँ, छोराको बिहे गरेँ, गाडी किनेँ ।

त्यो दिनको बारेमा:

त्यो दिन आतंककारी आए । ढुंगामुढा गर्न थाले । ज्यान त जोगाउनुपर्‍यो भनेर साइड लागेर बस्यौँ । हामी साइडमा बस्दाखेरि उनीहरू सबै पसेर लुट्न थाले । फलफूल, बियरका बोतल, वाइन, राइसकुकर फ्रिज सबै लिएर गए । लौ भएन भनेर हामी सबैजना टिम मिलेर यता आयौँ । अरू भित्रबाट लखट्ने, म चाहिँ बाहिर बसेर ड्याङ् कि ड्याङ हान्ने । बाहिर म एक्लै भए पनि डर लागेन । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *