एनआईसी एसिया बैंकको एटिएमबाट एटिएम कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने – Nepal Press

एनआईसी एसिया बैंकको एटिएमबाट एटिएम कार्ड बिना नै इसेवा वालेटको रकम निकाल्न सकिने

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरु तथा इसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ्ग कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको सुरुवात गरेको छ । मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ ।

यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर Financial Payments अन्तर्गत रहेको ATM Withdrawal मा एनआईसी बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार रु. १०००, रु. २०००, रु. ३०००, रु. ४००० र रु. ५००० रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नुपर्छ । त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा इत्ए कोड प्राप्त हुनेछ ।

अब एनआईसी बैंकको एटिएममा रहेको Cardless Withdrawal अप्सनमा गएर Other Cardless र त्यसपछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त  OTP कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ । हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर