क्षेत्रीय शान्तिका लागि बिमस्टेक महत्वपूर्ण छ : पूर्वमन्त्री साउद – Nepal Press

क्षेत्रीय शान्तिका लागि बिमस्टेक महत्वपूर्ण छ : पूर्वमन्त्री साउद

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) महत्वपूर्ण रहेको बताएका छन् ।

थाइल्याण्डको राजधानी बैंककमा सुरु भएको बिमस्टेकको छैटौं सम्मेलनअन्तर्गतको ‘बिमस्टेकका लागि अत्यावश्यक उपायहरूः क्षेत्रीय सहयोगका प्रमुख तत्वहरू’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘गरीबी निवारण, द्रुत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, बहुआयामिक सम्पर्क विस्तार र क्षेत्रीय शान्ति तथा स्थिरता कायम राख्न बिमस्टेक महत्वपूर्ण छ,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने ।

नेपाली कांग्रेसका नेता साउदले बिमस्टेक सदस्य राष्ट्रहरूको संयुक्त जीडीपी ५ ट्रिलियन डलरभन्दा माथि भए पनि आपसी व्यापार सात प्रतिशतभन्दा कम रहेको बताए । ‘व्यापारिक प्रवाह विस्तार गरेर गरिबी न्यूनीकरण र दिगो विकासलाई प्रबद्र्धन गर्न सकिन्छ,’ उनले भने, ‘हामीले ‘रिजनल भ्यालु चेन’ निर्माण गर्नुपर्ने देखिन्छ ।’

साउदले पूर्वाधार र सम्पर्क सञ्जालको विस्तारमा पनि जोड दिए । ‘बिमस्टेक मास्टर प्लान फर ट्रान्सपोर्ट कनेक्टिभिटी ९२०२२० ले सडक, रेल, जलमार्ग, हवाई यातायात, तथा बहुआयामिक सम्पर्क सुधारका परियोजनाहरू पहिचान गरेको छ । यी परियोजनाहरूको शीघ्र कार्यान्वयन आवश्यक छ,’ उनले भने ।

साउदले सन् २०१८ मा नेपालको अध्यक्षतामा बिमस्टेक ग्रिड इन्टरकनेक्सन सम्झौता सम्पन्न भएको स्मरण गर्दै उक्त सम्झौताले क्षेत्रीय विद्युत व्यापारका लागि मार्ग प्रशस्त गरेको पनि बताए ।

पूर्वपरराष्ट्रमन्त्री साउदले बिमस्टेक विकास कोष स्थापनाको आवश्यकतामा पनि जोड दिए । उनले बिम्स्टेक विकास कोष स्थापना गरी पूर्वाधार, जलविद्युत् तथा अन्तरदेशीय प्रसारण लाइनजस्ता परियोजनाहरूका लागि वित्तीय स्रोत जुटाउनुपर्ने बताए ।

बिमस्टेकले विश्व बैंक, एसियन डेभलपमेन्ट बैंक ९एडीबी० जस्ता संस्थाहरूसँग सहकार्य गर्दै पूर्वाधार विकासका लागि स्रोत परिचालन गर्न आवश्यक रहेको पनि साउदको भनाइ थियो । उनले हिमालयदेखि समुद्री तटसम्मको वातावरणीय सन्तुलन जोगाउन साझा प्रयास आवश्यक रहेको भन्दै जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न बिमस्टेकले संयुक्त रणनीति अपनाउनु पर्ने आवश्यकता औंल्याए ।

साउदले बिमस्टेकलाई प्रभावकारी बनाउन जनस्तरमा उपस्थिति वृद्धि गर्नुपर्ने, सदस्य राष्ट्रहरूबीच शैक्षिक आदानप्रदान, सांसद तथा मिडिया प्रतिनिधिहरूको अन्तरक्रिया तथा डिजिटल सम्पर्क विस्तार गर्नुपर्ने पनि बताए ।

कांग्रेस नेता साउद इन्डिया फाउन्डेसनको निमन्त्रणमा बिमस्टेकमा सहभागी हुन थाइल्यान्ड गएका हुन् । फाउन्डेसनले कांग्रेस नेता साउदसँगै नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव जनार्दन शर्मा र जनता समाजवादी पार्टी ९जसपा० नेपालका उपाध्यक्ष राजकिशोर यादवलाई पनि बिमस्टेक सम्मेलनमा आमन्त्रण गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर