‘ज्ञानेन्द्र शाह परिवारमात्र नभई नेपालीकै लागि बैगुनी’ – Nepal Press

‘ज्ञानेन्द्र शाह परिवारमात्र नभई नेपालीकै लागि बैगुनी’

शंकर पोखरेल भन्छन्- तीनकुने घटनाको मुख्य योजनाकार पूर्वराजा

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत १५ गते तीनकुनेमा भएको अराजकताको मुख्य योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह भएको दाबी गरेका छन् ।

नेकपा एमालेले सुनसरीमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहको उक्साहटमा तीनकुनेमा अराजकता मच्चिएको बताए ।

उनले भने पुर्व राजाको उक्साहाटमा पूर्वराजावादीहरुको अराजक समुहले काठमाडौं तीनकुने, कोटेश्वर र जडिवुटी लगायतका क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसा मच्चाए ।

अहिलेको अराजकताको कारक पूर्वराजा ज्ञानेन्द्र शाहनै भएको आरोप लगाउदै पोखरेलले यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताए ।

पूर्वराजाले गत फागुन ७ गतेनै संबिधानको खिलापमा आव्हान गरेर चैत्र १५ गते बिध्वंश मच्चाएको आरोप लगाए ।

दुर्गा प्रसाइले मच्चाएको उदण्ड क्रियाकलापको भागिदार प्रसाई पनि हुने बताउदै पोखरेलले उनलाई उचाल्ने काम पनि पूर्वराजाले गरेको दाबी गरे ।

चैत्र १५ गतेको घटनाको बिषयमा पूर्वराजाको धारणा अहिलेसम्म नआएको उल्लेख गर्दै पोखरेलले आधिकारीक धारणा जनता माझ स्पष्ट पार्न आग्रह समेत गरे ।

पूर्वराजा आफ्नै परिवारको निम्ति मात्र नभएर सबै नेपालीका लागि बैगुनी मान्छे रहेको पोखरेलको टिप्पणी थियो ।


प्रतिक्रिया

One thought on “‘ज्ञानेन्द्र शाह परिवारमात्र नभई नेपालीकै लागि बैगुनी’

  1. कसरी थाहा भयो तॅलाइ, बिना प्रमाण एकोहोरो आरोप लगाउन बन्द गर्। खड्गे को चम्चा!! खड्गे र लेखक ले राजीनामा दिनुपर्छ असहिष्णुता देखाएकोमा, राजनैतिक बिरोधीलाइ मार्न खोजेकोमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर