प्रहरीको दाबी- राष्ट्रिय गान बज्दाबज्दै टियरग्याँस हानेको डिप फेक भिडिओ हो


काठमाडौं । प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियरग्याँस हानेको आरोपकाे खण्डन गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले बाहिर आएको भिडिओ फेक भएको दाबी गरे ।
उनले अर्को ठाउँमा हानेको टियरग्याँस उछिट्टिएर मञ्चमा पुगेको हुनसक्ने बताए ।
उनको भनाइ यस्तो थियोः
कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियरग्याँस हानेको भन्ने होइन । त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?
एउटा पनि भिडिओ छैन, जहाँ कार्यक्रम सुरु भइसकेको अवस्था देखिन्छ । राष्ट्रिय गान बजेको भनिएको छ, त्यस्तो केही पनि होइन । झडप हुने क्रममा टियर ग्याँस हान्ने क्रममा त्यहाँ पनि पुगेको हो । एउटा टियरग्याँस एक ठाउँबाट अर्को ठाउँमा पुग्नसक्छ । प्रहरी कम्फर्टेबल स्थितिमा थिएन । हतारोमा कहिलेकाहीँं एंगल मिल्दैन ।
Ghar ko Mathi Bata Haneko date expire tear gas ke ho Police??? ..plz explain it??? ….hamro prahari ho ki kp oli ko police …
मार्क्सबादीको र समाजबादीको गुण्डामा परिवर्तन हुन लागेको हो नेपाल प्रहरी? जनतामाथी दमन गर्ने प्रहरी खारेज गर्नुपर्छ।