नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको अध्यक्षमा खड्का – Nepal Press

नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको अध्यक्षमा खड्का

बझाङ । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङमा दीपेन्द्र खड्काको अध्यक्षतामा २८ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ ।

नवनिर्वाचित समितिको उपाध्यक्षमा हरजित खडायत र दीपा भण्डारी, सचिवमा मदनराज उपाध्याय, कोषाध्यक्षमा नवराज जोशी, सहसचिवमा भगवती जोशी र सह-कोषाध्यक्षमा गीताकुमारी थापा (रोकाया) निर्वाचित भएका छन् ।

बुधबार भएको १३औं जिल्ला अधिवेशनमा बोल्दै शिक्षक संगठनका नेताहरुले सरकारले शिक्षा ऐन ल्याउनुपर्ने माग राखेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर