राजावादीको प्रदर्शनमा मारिएका परिवारलाई १० लाख दिने गृह मन्त्रालयको प्रस्ताव – Nepal Press

राजावादीको प्रदर्शनमा मारिएका परिवारलाई १० लाख दिने गृह मन्त्रालयको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले गत चैत १५ मा तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने प्रस्ताव अघि बढाएको छ । उक्त घटनामा पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनले ज्यान गुमाएका थिए ।

रजक र महर्जनको परिवारलाई क्षतिपूर्तिवापत १०-१० लाख उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पठाउने निर्णय भएको मन्त्रालयका प्रवक्ता सहसचिव रामचन्द्र तिवारीले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार अर्थ मन्त्रालयबाट सहमति आइसकेपछि गृहले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाउनेछ र मन्त्रिपरिषद्बाट निर्णय गरिनेछ ।

मृत्यु भएका सविनको मंगलबार दाहसंस्कार गरिएको छ । पत्रकार रजकको बुधबार दाहसंस्कार हुँदैछ ।


प्रतिक्रिया

One thought on “राजावादीको प्रदर्शनमा मारिएका परिवारलाई १० लाख दिने गृह मन्त्रालयको प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर