प्रदेश सरकारलाई ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट, कुनलाई कति ?


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७८ अर्ब रुपैयाँ राजस्व बाँडफाँट गरेको छ । सरकारले प्रदेश सरकारलाई ७८ अर्ब ५ करोड ५० लाख रुपैयाँ राजस्व बाँडफाँट बापत उपलब्ध गराउने भएको हो ।
अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कोशी प्रदेशले १२ अर्ब ३९ करोड पाउने अनुमान गरिएको छ । यस्तै, मधेश प्रदेशले १२ अर्ब ३५ करोड पाउने अनुमान गरिएको छ ।
त्यस्तै, बागमती प्रदेशले ११ अर्ब ५२ करोड, गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड, लुम्बिनी प्रदेशले ११ अर्ब ८६ करोड, कर्णालीले १० अर्ब २७ करोड र सुदूरपश्चिम प्रदेशले ९ अर्ब ८७ करोड राजस्व बाँडफाँटको रकम पाउने अनुमान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।