वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव भुसाललाई – Nepal Press

वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव भुसाललाई

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव जिवलाल भुसालले पाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरदसिंह भण्डारीले मन्त्रस्तरीय निर्णय गर्दै मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका भुसाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीलाई मन्त्रालय तानेर सहसचिव भुसाललाई नयाँ महानिर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

विभागमा ७ महिना अघि खत्री महानिर्देशकको जिम्मेवारीमा गएका थिए । भुसाल यस अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सहसचिव एवम त्यस अघि त्यसै मन्त्रालय अन्तरगत रहेको उद्योग विभागको महानिर्देशकको जिम्मेवारीमा थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *