ल्यापटप किन्न विद्यार्थीलाई १ प्रतिशत ब्याजमा ऋण
नेपाल प्रेस
२०७८ जेठ १५ गते १७:४८
काठमाडौं । सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए । १७ वर्षमाथिविका द्यार्थीलाई एक थान सिमकार्ड निशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन् ।
प्रतिक्रिया