एकसाताभित्र उपचार शुल्क सार्वजनिक गर्न अस्पतालहरुलाई सरकारको निर्देशन
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी, निजी, सहकारी तथा सामुदायिक अस्पताललाई ७ दिनभित्र उपचार गर्दा लाग्ने रकमको मूल्य सूची सार्वजनिक गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त विवरण वेबसाइट तथा सूचना पाटीमा राख्न भनेको हो । साथै उक्त विवरण इजाजतपत्र दिने तथा नवीकरण गर्ने निकाय समक्ष पठाउन समेत मन्त्रालयले निर्देशन दिएको छ ।
कोरोना महामारीमा कतिपय अस्पतालले बिरामीको उपचार गरेबापत चर्को रकम लिएको, उपचारको लागि आवश्यक सामग्री वन्दोवस्त गर्न बिरामीका आफन्तलाई लगाएको, आवश्यकताभन्दा बढी औषधि खरिद गर्न लगाएको, अनावश्यक परिक्षण गर्न लगाएको गुनासो आएपछि यस्तो निर्देशन दिएको जनाइएको छ ।