निषेधाज्ञामा कूटनीतिक नियोगले परीक्षा तथा अन्तर्वार्ता लिन पाउने – Nepal Press

निषेधाज्ञामा कूटनीतिक नियोगले परीक्षा तथा अन्तर्वार्ता लिन पाउने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा कूटनीतिक नियोगहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै अति आवश्यक परीक्षा तथा अन्तर्वार्ता लिन सक्ने भएका छन् ।

बुधबार बसेको उपत्यकाका तीनै जिल्लाका सीडीओहरुको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सो कार्य गर्न सक्ने अनुमति दिएको हो । साथै, सो कार्यका लागि जिल्ला प्रशासन कार्यालयले सहजीकरण गर्ने निर्णय भएको छ ।

प्रशासनको निर्णयपछि वैदेशिक रोजगारीका लागि हुने परीक्षा तथा अन्तर्वार्ता अब सुचारु हुन सक्नेछन् ।

बैठकले जेठ मसान्तसम्म निषेधाज्ञा अवधि थप गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *