उत्पादन बढाउन ४६३ कृषकलाई कृषि उपकरण – Nepal Press

उत्पादन बढाउन ४६३ कृषकलाई कृषि उपकरण

रुपन्देही । उत्पादन बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिकाका ४ सय ६३ जना कृषकहरुलाई कृषि उपकरण वितरण गरिएको छ ।

कृषि पेशामा मजदुरीको समस्या बढ्दै गएको र उत्पादन बढाउन प्रविधिको सहयोगबाट किसानहरुले उत्पादन क्षमता बढ्ने विश्वासका साथ यस्तो अभियान थालिएको नगरपालिकाले जनाएको छ ।

किसानको मागको आधारमा विभिन्न सामग्रीहरु वितरण गरिएको बताउँदै नगरप्रमुख नेत्रराज अधिकारीले उत्पादनमा वृद्धि गर्नको लागि कृषि औजारसहित उपकरणहरु वितरणको योजना बनाएको जानकारी दिएका छन् ।

उनका अनुसार नगरका ११ वटै वडाका कृषकहरुलाई हाते सानो ट्याक्टरदेखि मकै छोडाउने उपकरणसम्म वितरण गरिएको छ । नगरका २२८ जना कृषकलाई पम्पसेट, ४५ जनालाई हाते ट्याक्टर,२० जनालाई धान काट्ने मेसिन, ५ जनालाई मकै छोडाउने मेसिन, ६९ जनालाई स्प्रे,६० जनालाई सिंचाई मोटर र ३६ जनालाई वोरिङ उपलव्ध गराएको कृषि विकास शाखाका प्रमुख तारा चौधरीकोे भनाइ छ ।

वितरण गरिएको सामग्री नगरपालिकाको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लगानीमा वितरण गरिएको हो । रु १ करोड १५ लाख को कृषि सामग्री वितरण गरिएको चौधरीले बताए ।

शिवराज नगरपालिका २ की किसानी थारु हाते ट्याक्टर पाएपछि खुसी छन् । शिवराज नगरपालिकाले दिएको सानो ट्याक्टर पाएपछि थारुलाई खेत जोत्ने गोरु,हलीको चिन्ता हटेको छ । गोरु र हलिको पैसा वचत हुनुको साथै समयको पनि वचत हुने थारुले बताए ।

शिवराज नगरपालिका वडा १ का रामशरण थारुले पम्पसेट पाएपछि अव आकाशे पानीको भर पर्नुपर्ने दिन सकिएको बताए । आकाशवाट कहिले पानी पर्ला र खेत रोप्न पाइन्छ भन्ने तनाव हुने गरेकोेले अब पम्पसेट वाट पानी तानेर खेत रोपिने बताए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *