पारसकी छोरी पूर्णिका शाहले टीकटकमा भनिन् : मेरा बुबाले नराम्रो मात्र हैन, राम्रो पनि देखाउँछन्
काठमाडौं । पूर्वयुवराज पारस र उनका छोरीहरु टीकटकमा चर्चित छन् । प्रत्येक दिनहरु उनीहरुसँग सम्बन्धित भिडियोहरुमा गफका विषय बन्ने गर्छन् ।
पारसका फ्यानहरुले उनीबारे बनाएका भिडियोहरु प्रशस्तै छन् । टीकटकमा उनकी छोरी पूर्णिका पनि निकै सक्रिय छिन् । विभिन्न गीत र संवादका टुक्कामा पूर्णिकाले आफूलाई सक्रिय देखाउने गरेकी छिन् ।
यसैसाता टीकटक लाइभमा पूर्णिकाको भिडियो भने निकै चर्चामा रह्यो । किनभने, उनले आफ्ना पिताको योगदानको बारेमा चर्चा गरेकी छिन् । उनले पहिलोपटक सार्वजनिकरुपमा बुवा पारसबारे यस्तो टिप्पणी गरेकी हुन् ।
‘यस्तो गरेको छ कि मेरो बाउले यो देशका लागि’ उनले भनेकी छिन्, ‘मेरो पिताले राम्रो कुरा मात्र देखाउँदैनन्, सबै कुरा देखाउँछन् ।’ उक्त लाइभमा पूर्णिकाले हजुरबा, हजुरआमाबारे पनि बोलेकी छिन् ।
पूर्णिकाको यस्तो अभिव्यक्तिबारे सामाजिक संजालमा निकै टिप्पणी भैरहेको छ ।
हल्का चढाएर राजा कि नातिनीले लाइभमा “यस्ताे गरेकाे छ नि मेराे बाउले देशकाे लागि” भन्नुभएछ !pic.twitter.com/L77W0BW4FI
— ShIvA DaHaL (@dahalshivaji) June 8, 2021