कोभिड- १९ खोपको सहजताको लागि युवा संघको भ्याक्सिन स्वयंसेवक – Nepal Press

कोभिड- १९ खोपको सहजताको लागि युवा संघको भ्याक्सिन स्वयंसेवक

काठमाडौं । एमाले निकटराष्ट्रिय युवा संघ नेपालले कोभिड- १९ विरुद्धको खोप सहज र प्रभावकारी बनाउन भ्याक्सिन भोलुन्टियर परिचालन गर्ने निर्णय गरेको छ।

युवा संघले कार्यसूचीका आधारमा आआफ्नो क्षेत्र र भूगोलमा रहेका वृद्धवृद्धा,अशक्त,अपांग,असहायहरुलाई यातायातको व्यवस्थापन सहित सुरक्षित तवरले खोपकेन्द्रमा लाने ल्याउने, स्वास्थ्यकर्मीलाई खाजा पानीको व्यवस्था, खोप लगाउने फारम भर्न छुटेकाहरुलाई फारम भराउने लगायत काम गर्न मातहत कमिटिमा निर्देशन दिएको छ ।

संघले प्रत्येक टोल तह सम्मका नागरिकहरु जस्ले प्रि आवेदन दर्ता गरेका छैनन उनीहरुको विवरणसंकलन गरि खोप केन्द्रसम्म पुर्याउने तथा अनलाइन आवेदन दर्ता गराउने, स्थानीय जनप्रतिनिधी तथा स्वास्थ्य प्रतिनिधिसँग समन्वय गरि जनसरोकारका विषयहरुको सम्बोधन गर्न पहल गर्न स्वयंसेवक खटाउने निर्णय गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *