स्वास्थ्य संस्थालाई सेयर एण्ड केयरको सहयोग – Nepal Press

स्वास्थ्य संस्थालाई सेयर एण्ड केयरको सहयोग

काठमाडौं । सेयर एण्ड केयर नेपालले काठमाडौं र नुवाकोटका विभिन्न अस्पताल र स्वास्थ्यचौकीमा अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । बालाजुस्थित जनमैत्री अस्पताल, नुवाकोटको त्रिशुली अस्पताल र दुप्चेश्वर गाउँपालिकाका स्वास्थ्यचौकीहरुमा कोरोना रोकथाम, सुरक्षा र उपचारका लागि अत्यावश्यक स्वास्थ्य उपकरण एवम् सामग्रीहरु सहयोग गरिएको हो ।

त्रिशुली अस्पताललाई अक्सिजन सिलिन्डर १० थान, अक्सिजन कन्सन्ट्रेटर ३ थान, अक्सिजन ह्युमिडिफाएर १० थान, पिपिइ. सेट १० सेट, पल्स अक्सिमिटर १० थान र इन्फारेडथर्मोमिटर ५ थान सहयोग गरिएको संस्थाले जनाएको छ ।

त्यस्तै, जनमैत्री अस्पताल, बालाजुमा अक्सिजन सिलिन्डर ६ थान, अक्सिजन कन्सन्ट्रेटर २ थान र अक्सिजन ह्युमिडिफाएर ६ थान उपलब्ध गराइएको हो । संस्थाले नुवाकोटकै दुप्चेश्वर गाउँपालिका, समुन्द्रटारमा अक्सिजन फ्लोमिटर १० थान, पल्स अक्सिमिटर २१ थान, नेबोलाइजर मेसिन ५ थान, भाइरल ट्रान्सपोर्टपोर्ट २०० थान, एण्टीजेन टेष्ट किट २१० थान, सेनिटाइजर ५० लिटर, एक्जामिनेसन ग्लोब्स १०० पाकेट, सोडियम हाइपोक्लोराइड ५० लिटर, सर्जिकलमाक्स ७००० थान र स्टिमर १२ था सहयोग गरेको हो ।

त्यस्तै, दुप्चेश्वर गाउँपालिकाको वडा नं. ४ स्थित बेतीनि स्वास्थ्यचौकीलाई कोरोना रोकथाम, सुरक्षा र उपचारको लागि आवश्यक स्वास्थ्य उपकरण एवं सामग्रीहरु जस्तैः अक्सिजनकन्सन्ट्रेटर १ थान, बिरामीको लागि बेड ४ सेट, पल्स अक्सिमिटर ४ थान, नेबोलाइजर मेसिन १ थान, एण्टीजेन टेस्ट किट २६ थान, पि.पि.इ ५ सेट, सेनिटाइजर २० लिटर, एक्जामिनेसन ग्लोब्स ५ पाकेट, सोडियम हाइपोक्लोराइड १५ लिटर र स्टिमर ३ थान सहयोग गरिएको हो ।

साथै, दुप्चेश्वर गाउँपालिकाकै वडा नं. ५ स्थित बालकुमारी स्वास्थ्यचौकीलाई पनि आवश्यक स्वास्थ्य उपकरण एवं सामाग्रीहरुः अक्सिजन कन्सन्ट्रेटर १ थान, बिरामीको लागि बेड ४ सेट, पल्स अक्सिमिटर ४ थान ,नेबोलाइजर मेसिन १ थान, एण्टीजेन टेस्ट किट ३४ थान, पि.पि.इ. सेट ५ सेट , सेनिटाइजर २० लिटर, एक्जामिनेसन ग्लोब्स ५ पाकेट, सोडियम हाइपोक्लोराइड १५ लिटर र स्टिमर ३ थान सहयोग गरिएको छ ।

कोरोना संक्रमितहरुको उपचार र जीवनरक्षाका लागि स्वास्थ्यकर्मीहरु र प्रशासनले गरेको योगदानको कदर गर्दै कोरोना रोकथाम, सुरक्षा र उपचारको लागि अत्यावश्यक सामग्रीहरु सहयोग गर्न पाउँदा खुसी लागेको सेयर एण्ड केयर नेपालका संस्थापक एवम् कार्यकारी निर्देशक रमेश कुमार खड्काले बताए ।

शेयर एण्ड केयर नेपाल संस्थाले २८ वर्षदेखि नुवाकोट, मकवानपुरलगायत अन्य जिल्लाहरुमा पनि निरन्तर रुपमा विभिन्न परियोजनामार्फत सामुदायिक विकास, एवं सामाजिक रुपान्तरणका कार्यक्रमहरु संचालन एवम् व्यवस्थापन गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर