खोप उपलब्ध नगराए सेवा बन्द गराउने ट्याङ्कर चालकहरु चेतावनी – Nepal Press

खोप उपलब्ध नगराए सेवा बन्द गराउने ट्याङ्कर चालकहरु चेतावनी

काठमाडौं । ट्याङ्कर चालकहरुले कोरोना भाइरस विरुद्धको खोप उपलब्ध नगराएसम्म सेवा बन्द गराउने चेतावनी दिएको छ ।

अत्यावश्यक सामग्री ढुवानी गर्ने चालक तथा सहचालकलाई सुरक्षित स्वास्थ्य सामग्री र पहिलो प्राथमिकतामा संक्रमण विरुद्धको खोप उपलब्ध नगराएसम्म सेवा बन्द गर्ने चेतावनी दिएको हो ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले नेपाल आयल निगम लिमिटेडलाई पत्र पठाएर स्वास्थ्य सुरक्षा र खोपको विशेष व्यवस्थाको पहल नगरेसम्म अति जोखिममा चालक, सहचालकहरु सेवा उपलब्ध गराउन असमर्थ रहेको बताएको छ ।

संघले सेवा सेवा रोक्ने चेतावनी दिएसँगै पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भएको संघका अध्यक्ष ईश्वर लामाले बताए ।

उनले भने,‘ जति छिटो खोप उपलब्ध गराउछ त्यति नै छिटो समाधान हुन्छ । हामीले यसअघि पनि पटकपटक खोप उपलब्ध गराइदिन आग्रह गर्दै आइरहेको थियौ । तर सुनुवाई नभएपछि ढुवानी नै बन्द गरेर आन्दोलनमा उत्रिनुपरेकोछ । आशा छ छिटै खोप उपलब्ध गराउनुहुन्छ भनेर ।
जोखिम बहन गर्दै सेवा दिने पेट्रोलियम पदार्थ ढुवानी गर्ने क्रममा चालक तथा सहचालक र पम्पमा कार्यरत कर्मचारीहरु समेत कोरोना संक्रमणको कारण निधन समेत भइसकेको संघले जानकारी दिएको छ ।

साथै यसमा आवद्ध मजदुरहरुको घरपरिवारमा समेत संक्रमण फैलिई हाल थुप्रै चालक, सहचालक तथा निजहरुको परिवार संक्रमणको कारण उपचाररत रहेको उनले बताए । साथै यथासीघ्र खोपको व्यवस्था गरि कार्यसंचालन ग।राउन समेत आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *