न्यूयोर्क टाइम्स अखबारले जित्यो पुलित्जर प्राइज
काठमाडौं । विश्व पत्रकारिताको सर्वोच्च पुरस्कार पुलित्जर प्राइज २०२१ घोषणा भएको छ । कोलम्बिया युनिभर्सिटीले पत्रकारिता, लेटर्स एन्ड ड्रामा र संगीत विधामा पुरस्कार घोषणा गरेको छ ।
पब्लिक सर्भिस विधाको अवार्ड द न्यूयोर्क टाइम्सले जितेको छ । ब्रेकिङ न्यूज एन्ड रिपोर्टिङ विधामा स्टार ट्रिब्यून, इन्टरनेसनल रिपोर्टिङ विधामा बजफिड न्यूज, क्रिटिसिज्म न्यूयोर्क टाइम्स, सम्पादकीय लेखन लस एन्जल्स टाइम्सले जितेका छन् ।
ब्रेकिङ न्यूज फोटोग्राफी र फिचर फोटोग्राफी विधामा एसोसिएटेड प्रेस (एपी) उत्कृष्ट भएको छ ।
नाट्य विधामा आख्यानतर्फ लुइस एड्रिक लिखित द नाइट वाचम्यान उत्कृष्ट भएको छ । ड्रामा विधामा क्याटोरी हल लिखित द हट् विङ किङ उत्कृष्ट भएको छ ।