गण्डकी बजेट : कोरोनाबाट मृत्यु भएकाका परिवारलाई ५० हजार – Nepal Press

गण्डकी बजेट : कोरोनाबाट मृत्यु भएकाका परिवारलाई ५० हजार

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ ।

गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् ।

आज ७ वटै प्रदेशले बजेट प्रस्तुत गरिरहेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारीसमेत आफैंले लिएका कारण मुख्यमन्त्रीले नै बजेट वाचन गरेका हुन ।

कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवारलाई ५० हजार दिने पनि उनले घोषणा गरे । कोभिड-१९ का कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार रकम उपलब्ध गराउने पनि मुख्यमन्त्री पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर