प्रदेश २ को बजेटः कोरोना खोप र औषधिका लागि २० करोड विनियोजन – Nepal Press

प्रदेश २ को बजेटः कोरोना खोप र औषधिका लागि २० करोड विनियोजन

जनकपुरधाम । प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि आवश्यक औषधि खरिद गर्न २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७८/०७९ का लागि सदनमा बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । उनले प्रदेशका सबै जनतालाई खोप उलब्ध गराउने घोषणा पनि गरेका छन् । जनकपुरस्थित मणिपाल शिक्षण अस्पताल र मधेस स्वास्थ्य विज्ञापन प्रतिष्ठानमा आवश्यक उपचारकका लागि ९ करोड बजेट उपलब्ध गराएको उनले जानकारी दिए ।

मन्त्री यादवले प्रदेश २ का अस्पतालहरुमा मृगौला विरामीको चाप बढ्दै गएकाले ३५ वटा डायलसिस मेसिन खरिद गर्न १२ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

मणिपाल शिक्षण अस्पतालमा यसअघि ९ करोड बजेट विनियोजना गरिसकेको र अगामी आर्थिक वर्षमा १० करोड विनियोजन गरेको मन्त्री यादवले बताए । उनले थप बजेट आन्तरिक ऋणबाट उपलब्ध गराउने पनि बताए ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई स्तरोन्नति गर्न आवश्यक बजेट छुट्याएको भन्दै मन्त्री यादवले कोरोना महामारी नियन्त्रणमा खटेका स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई प्रोत्साहन भत्ताको व्यवस्था मिलाएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर