जीवन विकास लघुवित्तको आईपीओ असार ११ देखि खुल्ला
नेपाल प्रेस
२०७८ असार ३ गते ११:४३
काठमाडौं । जीवन विकास लघुवित्त कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । असार ११ गतेदेखि आईपीओ बिक्री खुल्ला गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १९ लाख ७७ हजार ३ सय कित्ता बराबरको १९ करोड ७७ लाख ३० हजारको आईपीओ निष्कासन गर्न लागेको छ । त्यस्तै ३० हजार ४२० कित्ता कर्मचारी र ९८ हजार ८६५ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन गर्न सकिने बताइएको छ ।
आईपीओ छिटोमा असार १५ र ढिलोमा असार २५ गतेसम्म बिक्रीमा राखिनेछ । बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई तोकिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर