सिन्धुपाल्चोक बाढी प्रभावित पालिकालाई मनोहरा नगरपालिकाको सहयोग – Nepal Press

सिन्धुपाल्चोक बाढी प्रभावित पालिकालाई मनोहरा नगरपालिकाको सहयोग

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको दुई पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई १० लाखको दरले २० लाख रुपैयाँ राहत सहयोग उपलब्ध गराउने निर्णय हो ।

बिहीबार नगरप्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बैठक बसी राहत सहयोग गर्ने निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले बताए । मंगलबारदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु र पाचँपोखरीको लार्केमा खसेको पहिरोले नदी थुनिएपछि मेलम्चीमा बाढी आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *