सात हजार कोरोना प्रभावितलाई सिद्धार्थ जेसीजले दियो एक महिना निःशुल्क खाना – Nepal Press

सात हजार कोरोना प्रभावितलाई सिद्धार्थ जेसीजले दियो एक महिना निःशुल्क खाना

रुपन्देही । रुपन्देहीको सिद्धार्थ जेसीजले कोरोना प्रभावित परिवार र आफन्तलाई एक महिना निशुल्क खाना खुवाएको छ । जेसीजले करिब सात हजार कोरोना प्रभावितलाई खाना खुवाएको हो ।

संस्थाले युसीएमएससंगै सिद्धार्थनगर नगरपालिकाद्वारा सञ्चालित आइसोलेशन सेन्टरमा पनि निःशुल्क खाना वितरण गरेको थियो ।
‘महामारीको बेला एकले अर्कालाई सहयोग गर्नु नै मानवीय कार्य हो, निषेधाज्ञाको पालना गर्दैै नागरिक घरमै बसेको बेला विरामी र विरामी कुरुवाहरुको लागि केही भए पनि सहयोग पुग्छ भन्ने उद्देश्यले निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरेका हौं,’ जेसीआई सिद्धार्थ २०२१ का अध्यक्ष गोपाल ज्ञवालीले भने ।

३१ औं दिन शनिबारसम्म आइपुग्दा संस्थाले ७ हजार बढीलाई खाना वितरण गरिसकेको ज्ञवालीले जानकारी दिए । खाना वितरण कार्यक्रम असार ७ गतेसम्म सञ्चालन गरिने उनले जानकारी दिए ।

अस्पताल र आइसोलेशन सेन्टरमा जेसीआई सिद्धार्थले खाना वितरण गरिएको निःशुल्क खाना वितरण कार्यक्रम संयोजक कमल जिसीले बताए ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने जेसीजको मूल मन्त्रलाई आत्मसात गर्दै महामारीमा निःशुल्क खाना वितरण कार्यक्रम सञ्चालन गरिएको जेसीआई सिद्धार्थ, २०२१ का महासचिव सागर पोखरेलले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *