कुन पसल कुन बार र कुन समय खुल्न पाउनेछन् ? (सूचीसहित) – Nepal Press

कुन पसल कुन बार र कुन समय खुल्न पाउनेछन् ? (सूचीसहित)

काठमाडौं । काठमाडौं उपत्यकास्थित तीनै जिल्ला प्रशासनहरुले निषेधाज्ञालाई खुकुलो तुल्याउँदै बार अनुसार व्यवसाय संचालनको अनुमति दिने निर्णय गरेका छन् । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले यस्तो निर्णय गरेको हो ।

खाद्यन्न, किराना, दूध, मासु र तरकारी पसलहरु बिहान ११ बजेसम्म खुल्न पाउने भएका छन् । डिपार्टमेन्टल स्टोर, सपिङ मल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खुल्न पाउने भएका छन् ।

सुनपसल, भाँडा, भान्साजन्य, विजुली पसल, इलेक्ट्रोनिक पसल आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि ४ बजेसम्म संचालन गर्न पाउने भएका छन् ।

निर्माणजन्य सामग्रीको पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म दैनिक खुल्न पाउने भएका छन् । ठूलो परिमाणको ढुवानीलाई राती मात्र गर्न अनुमति दिइएको छ ।

अत्यावश्यक वस्तुहरुको अनलाइन तथा टेकअवे सेवा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेसम्म संचालनको अनुमति दिइएको छ । सवारी साधनका वर्कसप बेलुका ७ बजेसम्म खोल्न अनुमति दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *