काठमाडौंमा चिया पसल खुल्न नपाउने, खाजा पसलले टेक-अवे गर्न पाउने – Nepal Press

काठमाडौंमा चिया पसल खुल्न नपाउने, खाजा पसलले टेक-अवे गर्न पाउने

काठमाडौं । निषेधाज्ञा अवधिभर काठमाडौं उपत्यकामा चिया पसलहरु खुल्न नपाउने भएका छन् । आइतबार बसेको काठमाडौं जिल्लाका तीनै प्रशासनको संयुक्त बैठकले अर्को आदेश नभएसम्म चिया पसल संचालनको अनुमति नदिने निर्णय गरेका हुन् ।

चिया पसलहरुमा धेरैजना मान्छेको जमघट र भीडभाड हुने भएकाले तत्काल खुलाउन अनुमति नदिइएको काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीले जानकारी दिए ।

‘यो साता संक्रमणको स्थिती हेर्छौं र अर्को साताबाट खुल्न सकिन्छ’ पराजुलीले भने, ‘अहिलेलाई चिया पसल संचालनको अनुमति छैन ।’ तर, खाजा पसल र रेष्टुरेन्टले भने टेक-अवेमार्फत व्यवसाय संचालन गर्न पाउने भएका छन् ।

आगामी असार १४ गते मध्यरातसम्म निषेधाज्ञा थप गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर