कैलालीमा खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा (आदेशसहित) – Nepal Press

कैलालीमा खुकुलो बनाउँदै एक साता थपियो निषेधाज्ञा (आदेशसहित)

कैलाली । कैलालीमा खुकुलो बनाउँदै एक साता सम्मको लागि निषेधाज्ञा थप गरिएको छ । यस पटक केही खुकुलो पार्दै निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए ।

अब निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ । कार, जिप र भ्यानमा चालक सहित ४ जना, ट्याक्सीमा चालक सहित तीन जना बस्न पाइने निर्देशन जारी गरिएको छ ।

यस अघि विहान ११ बजे सम्म खुल्दै आएका पसहरु अब दिउसो ३ बजे सम्म खोल्न पाउने छन् । वर्कशपहरु भने तीन जना कामदार राखेर बिहान ७ बजे देखि साझ ७ बजे सम्म खुल्ने छन् ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि कैलालीको स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि क्रमिक रुपमा निषेधाज्ञा थप्दै आएकोमा अब असार१५ गतेसम्म निषेधाज्ञा लम्बाइएको हो ।

यस्तो छ प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *